महिला राष्ट्रिय हक्कीको फाइनल आज, आर्मी र लुम्बिनी भिड्दै

धनुषा | माघ २८, २०७९

महिला राष्ट्रिय हक्कीको फाइनल आज, आर्मी र लुम्बिनी भिड्दै

ढल्केवर:  पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्दैछ ।

 

सेमिफाईनलमा मधेस प्रदेशलाई हराउँदै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको थियो। नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा आज साढे २ बजे हुने नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।

 

उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगिताको तृतीय स्थानमा मधेस प्रदेशले आफ्नो स्थान जमाई सकेका छन्। शुक्रबार भएको लुजर फाईनल खेलबाट सुदुरपश्चिम प्रदेशलाई हराउँदै मधेस प्रदेशले तृतीय स्थान कब्जा गरेको हो।

 

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्